काठमाडौं, जेठ २ ।भारतको प्रसिद्ध स्मार्टवाच ब्राण्ड NOISE ले नेपालमा आफ्ना बस्तुहरूको आधिकारिक बिक्री सुरु गरेको छ । शारदा ग्रुपको आइओटी इन्कर्पोरेशन प्रा.लि.लाई आफ्नो आधिकारिक वितरकको रूपमा नियुक्त गरि NOISE ब्राण्ड आज शुक्रबार नेपालमा लन्च गरिएको हो ।
आधिकारिक वितरक आइओटी इन्कर्पोरेशन प्रा.लि.ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली उपभोक्ताले निर्बाध एप प्रयोगको अनुभवको साथमा पृमियम गुणस्तरका स्मार्टवाच र इयरवर्डमा पहुच प्राप्त गरेको जनाएको छ ।
आजको आधिकारिक सुरुवातसगै अफरको रूपमा पहिलो २० ग्राहकलाई आफ्ना दुई लोकप्रिय मोडलहरू विषेश मूल्यमा दिने जनाएको छ । जसमा कम्पनीले २९९९ रूपैयाँ मूल्यको भिक्टरलाई २०९९ रूपैयाँमा र २६९९ रूपैयाँको ट्रान्स २ लाई १६९९ मा दिने जनाएको छ । भारतमा NOISE ब्राण्डलाई स्मार्ट वाचको परिचित ब्राण्ड मानिन्छ ।