काठमाडौं,असोज २४ । नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको कारण नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको घट्न पुग्यो ।
जबकी गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो भने यस वर्ष करिब चार अर्बमात्र भएको छ । गत वर्षको तुलनामा यो झण्डै २५ अर्बले कम हो ।
नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने ठूलो खर्च पनि जोगिएको छ । अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झण्डै डेढ अर्ब खर्च लागेको थियो ।
‘