अर्थ / वाणिज्य समाचार

सहकारीका बचतकर्ताको भावनालाई विचार गरेर मात्र अभिव्यक्ति दिन संसदीय छानविन विशेष समितिले दियो मन्त्री अधिकारीलाई निर्देशन

सहकारीका बचतकर्ताको भावनालाई विचार गरेर मात्र अभिव्यक्ति दिन संसदीय छानविन विशेष समितिले दियो मन्त्री अधिकारीलाई  निर्देशन

काठमाडौं,भदौ २२ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले भुमिव्यवस्था, सहकारी र गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई सहकारीका बचतकर्ताको भावनालाई विचार गरेर मात्र अभिव्यक्ति दिन निर्देशन दिएको छ।

मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरू आन्दोलनमा उत्रिएको भन्ने अभिव्यक्ति दिएपछि छानबिन समितिले उनलाई यस्तो निर्देशन दिएको हो ।बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री अधिकारीलाई भनिएको हो ।

शुक्रबारको बैठकमा आमन्त्रित अतिथिका रुपमा मन्त्री अधिकारी पनि सहभागी थिए। मन्त्री अधिकारीले नेपाल सहकारी पत्रकार समाज ९सिजेएन०को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘सहकारीमा एउटै प्रवृत्तिका मान्छे छैनन्। अहिले आन्दोलनमा उत्रिनेहरू बैंकबाट कम ब्याजदरमा पैसा लिने र सहकारीमा लगेर राख्ने खालका छन्। उनीहरू बैंकको ऋण र सहकारीको बचतको बीचमा बसेर नाफा खाइरहन्छन्। आन्दोलन त्यस्ता व्यक्तिले गरिरहनुभएको छ । अगुवाइ गर्न पाइने र पीडितबाट फाइदा लिने प्रवृत्ति देखिएको छ।’

 

Related Post