काठमाडौं,माघ १६। पहिलो ६ महिनासम्म ७० लाख ३६ हजार ६ सय ८३ जना करदाता दर्ता भएका छन् । नेपालमा करदाता संख्या ७० लाख नाघेको हो । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनासम्म ७० लाख ३६ हजार ६ सय ८३ जना करदाता दर्ता भएका छन् ।
यसमा सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिनेको संख्या छ । पारिश्रमिक भुक्तानी सहितका कारोबारमा प्यान अनिवार्य गरिएसँगै दर्ता हुने क्रम समेत बढ्दो छ । गत कात्तिकदेखि पुससम्मको तीन महिना अवधिमै प्यान नम्बर लिनेको संख्या १ लाख ४२ हजार ६ सय २ रहेको विभागले जनाएको छ ।
विभागका अनुसार पुस मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९३ हजार ७ सय २४ छ । पछिल्लो तीन महिनामा २८ हजार ८६ जनाले प्यान नम्बर लिएका छन् ।
त्यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाता संख्या ३ लाख ३८ हजार ३ सय १६ पुगेको छ । पछिल्लो तीन महिनामा भ्याटमा ५ हजार ४ सय ४५ करदाता दर्ता भएको तथ्यांक छ । अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६ सय ८२ करदाता दर्ता भएको विभागले जनाएको छ । पछिल्लो तीन महिनामा १ हजार ८ सय ७१ करदाता थपिएको विभागको तथ्यांक छ ।