काठमाडौं,कात्तिक २३ । सुनकाे भाउ शुक्रबार २ हजारले बढेको छ ।अघिल्लो दिन प्रतितोला ४ हजारले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।