अर्थ / वाणिज्य

सेयर बजारमा सामान्य अंकको सुधार, ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार

सेयर बजारमा सामान्य अंकको सुधार, ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार

काठमाडौं,पुस २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा मंगलबार सामान्य अंकको सुधार देखिएको छ ।  आज नेप्से २.९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा बन्द भएको हो । यस्तै  आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार भएको छ । आजको कारोबारमा ११७ कम्पनीको शेयरमूल्य बढ्दा ११७ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै जानकी फाइनान्स कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढ्दा दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.०९ प्रतिशतले बढेको छ । यस्तै कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । 

Related Post