काठमाडौं,जेठ २६ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । जेठ २४ गतेको सञ्चालक समितिको ११५ औ बैठकबाट मिति २०८२/०२/२५ देखि २०८६/०२/२४ सम्म ४ वर्षे कार्यकालका लागि पन्त नियुक्त भएका हुन ।
उनले लघुवित्त क्षेत्रमा १२ वर्ष भन्दा बढीको अनुभव लिइसकेका छन् ।
यो अघि उनले इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिवको पदमा रहेर काम गरिसकेका छन् ।