काठमाडौं, जेठ १७ । सरकारले आर्थिक विधेयकमार्फत क्यासिनो रोयल्टी वृद्धि गरेको छ ।
चालु आवको विधेयकमा नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक ५ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेकोमा अब यस्तो रोयल्टी ५ करोड ५० लाख पुर्याइएको छ ।
अर्कोतर्फ आधुनिक मेशिन वा उपकरणको माध्यमाबट मात्र खेलाइने खेलका लागि असहले वार्षिक १ करोड ५० लाख रोयल्टी तिरे हुनेमा अब वृद्धि गरी ३ करोड पुर्याइएको छ ।
गत २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसायलाई सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शूल्क छुट दिइएको छ ।