काठमाडौं,साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा विद्युत लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई काटिएका उद्योगमा विद्युत लाइन आजै जोड्न निर्देशन दिएका हुन ।
आज ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी प्रधानमन्त्री ओलीले काटिएको विद्युत लाइन जोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गरेका थिए ।
‘