समाचार

टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप

टेकुमा कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप

काठमाडौं,माघ २७ । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ३ जना कवाड व्यवसायी छन् भने २ जना नगर प्रहरी रहेका छन् ।नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको थियो ।

 

 

 

 

Related Tag :

Related Post