काठमाडौं,मंसिर २९ । काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छिन् । शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएकी हुन। उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् ।
घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्याएको छ ।