काठमाडौं,असार ३० । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्री माग गरेको छ ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा शेखर ,गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी लगायत सहभागी थिए ।
पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।