समाचार

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

 काठमाडौं,असोज ३०। प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेलगत्तै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गरेका छन् ।

 सरकारको तीन महिने अवधि पूर्ण मूल्यांकनको आधार नभए पनि यसबीचमा घोषित प्रतिबद्धताहरु पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म देखाउन नसकेको रास्वपाको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो, तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’

 

Related Tag :

Related Post