समाचार

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार हुन् गौतम बुद्ध: प्रधानमन्त्री ओली

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  हुन् गौतम बुद्ध: प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २९। प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस भन्दै कामना गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध । बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।’

उनले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् । २५६९औं बुद्ध जयन्तीको अवसरमा आज  विभिन्न कार्यक्m्रम गर्दै मनाइदैछ ।

 

 

Related Tag :

Related Post