समाचार

हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध

हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध

काठमाडौं,पुस १५ । चन्द्रागिरी हिल्सको केबलकारको हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको छ। हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरी हिल्सले जनाएको छ ।

केबलकारको हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी हिल्समा रहेका यात्रुलाई काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएको छ । चन्द्रागिरी हिल्समा करिब १ हजार यात्रु रहेका छन् । 

Related Tag :

Related Post