समाचार

सुदूरपश्चिम सरकारकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम सरकारकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह  नियुक्त

कैलाली साउन २० । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह  नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ नियुक्त गरेका हुन् ।  उनी यस अघि  २६ माघ २०७९ मा  पनि मुख्यमन्त्री बनेका थिए। तत्कालीन  गठबन्धनमा फेरबदल आएसंगै २२ चैत २०८० मा उनले   राजीनामा दिए । त्यस पछि  वैशाख  ६ मा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री  बनेका थिए ।

तर १७ असारमा कांग्रेस र एमालेबीच  यहि असार १७ मा नयाँ सत्ता समीकरण बनाउने निश्चय भएसंगै सुदुर पश्चिम प्रदेश  सरकारको नेतृत्व कांग्रेसले गर्ने  सहमती भयो । यसैको कारण शाह मुख्य मन्त्रीमा नियुक्त भएका हुन ।

 

Related Tag :

Related Post