सुर्खेत,कार्तिक २६। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको उक्त माइक्रोबस कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम पाण्डेले बताएका छन् ।
उनका अनुसार उक्त गाडीमा ११ जना बच्चा सहित २१ जना सवार रहेका थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ ।