काठमाडौं,पुस २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन् ।बुधवार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै उनले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको भन्दै नेकपा एमालेले टुंगिन लागेका बेला गएर रोक्ने गरेकोबताएका हुन ।
उनले भनेका छन्, टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ । अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाउने सिध्याउने अन्तिम हतियार यही नै हो टुङग्याउन हुन्न भन्ने सोच भएको प्रवृत्ति छ ।’
त्यस्तै, पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बरबाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष सम्म शान्ति प्रक्रिया टुङ्गो नलाग्ने उनको भनाई छ ।