समाचार

नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने

नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने

 काठमाडौं, कात्तिक २९ । नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जनाएको छ ।

सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म केही समय बन्द हुनेछ । आयोजनाले जारी गरेको सूचना अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक रुपमा बन्द हुनेछ ।

उक्त अवधिको  २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०र२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।

 

 

 

 


 

 

Related Tag :

Related Post