समाचार

झाँक्री प्रकाश भुजेलको लाइसेन्स माथि प्रहरीले थाल्यो अनुसन्धान

झाँक्री प्रकाश भुजेलको लाइसेन्स माथि  प्रहरीले थाल्यो अनुसन्धान

  काठमाडौं,कात्तिक २९।  बुधबार भएको  दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र लाइसेन्स माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । साथमा लाइसेन्स नभएका झाँक्रीले घरमा रहेको दाबी गरेका छन् । प्रहरीले घरबाट लाइसेन्स मगाएको छ । ‘

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् । 
 

Related Tag :

Related Post