समाचार

मन्त्री यादवले हर्क साम्पाङलाई भने-यही वर्ष टेण्डर निस्किन्छ, खुसी भएर फर्कनूहोस्

मन्त्री यादवले  हर्क साम्पाङलाई भने-यही वर्ष टेण्डर निस्किन्छ, खुसी भएर फर्कनूहोस्

काठमाडौं,माघ ८ । खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा  खानेपानीको समस्या चाँडै समाधान हुने  बताएका छन्। खानेपानी मन्त्री  यादव भेट्न मन्त्रालय पुगेका  साम्पाङलाई मन्त्री यादवले  धरानमा खानेपानीको लागि  यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर  धरान फर्कन आग्रह गरेका हुन्।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको  बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका हुन।

मन्त्री यादवले भने,’आज धरान उप–महानगरपालिकाका नगरप्रमुख श्री हर्कराज राई हर्क साम्पाङ जी धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालयमा उपस्थित हुनुभयो। खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिनेछ। यसै क्रममा, नगरप्रमुख श्री हर्कराज राई जीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन आग्रह गरें, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनुभयो ।’
यता, सिंहदरबारस्थित खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर सिंहदरबारबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या समाधान हुनेमा आफू सकारात्मक भएको पनि बताए ।

उनले भने,‘ उहाँहरु मिटिङमा हुनुहुन्थ्यो मैले बाहिर दुई घण्टा कुर्नुलाई अन्यथा मानिन् । मैले मन्त्रीहरुलाई पूर्वजानकारी गराएको थिइन् । मैले उहाँहरुलाई खानेपानीको लागि बजेट सुनिश्चत गरिदिनुपर्छ भनेर मैले भन्दा उहाँहरुले हामी यस विषयमा सम्वेदनशील छौं यसपाली जसरी पनि गर्छौ भन्ने कुरा गर्नुभयो । ५ अर्ब ७२ करोड डिपीआरको लागि बिनियोजन गछौ्र भन्ने कुरा छ । ’


 

Related Tag :

Related Post