समाचार

विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय

विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय

काठमाडौं,असोज ८ । नेपाल सरकारको सचिवहरुको बैठकले  विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय गरेको छ । सोमबार बसेको सचिव बैठकले विदेश भ्रमणमा पठाउँदा कार्यालयरफिल्डमा कार्यरत कर्मचारीलाई पनि प्राथमिकता दिने निर्णय गरेको हो ।

यातायात, मालपोत, नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, जिल्ला प्रशासन कार्यालयजस्ता निकायहरुमा प्रविधिको प्रयोगबाट सेवा दिने र विचौलियाको प्रवेश रोक्ने निर्णय पनि सचिव बैठकले गरेको छ । हरेक मन्त्रालय र ती मातहतका निकायले दिने सेवा प्रभावकारी बनाउन कार्ययोजना बनाउने निर्णयमा उल्लेख छ । मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्ताव पेश गर्दा प्रस्ताव पेश गर्ने कानुनी आधार र निर्णयबाट पर्ने प्रभावसमेत विश्लेषण गरेर मात्र पेश गर्ने अर्को निर्णय पनि सचिव बैठकको छ ।

संघ, प्रदेश र स्थानीय तह ९समन्वय तथा अन्तरसम्बन्ध० ऐन २०७७ मा व्यवस्था भएको विषयगत समितिलाई सम्बन्धित मन्त्रालयका सचिवले क्रियाशील गराउने र लगानी सम्मेलनअघि जारी भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१ को नियमावली एक महिनाभित्र जारी गर्ने पनि बैठकले गरेको छ । कार्यालयमा समयपालना, तोकिएको पोशाकको प्रयोग, कार्यसम्पादन तथा दरवन्दी अनुसार कर्मचारी कार्यरत भए नभएको अनुगमन राष्ट्रिय सतर्कता केन्द्रले नियमित रुपमा गर्ने निर्णय पनि भएको छ ।

 

Related Tag :

Related Post