समाचार

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

काठमाडौं,भदौ ३१ । नेकपा माओवादी केन्द्रले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ।माओवादीका सांसद लेखनाथ दाहालका अनुसार सोमबारको बैठक सञ्चालन गर्न दिने बुझिएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ। माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्। असोज ४ गते प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क जाने कार्यक्रम छ।

 

Related Tag :

Related Post