समाचार

करिब साढे १२ सय कर्मचारी सरकारले गर्यो सरुवा

करिब साढे १२ सय कर्मचारी सरकारले गर्यो सरुवा

 काठमाडौं,असोज ३ । करिब एक हप्ताका बीचमा करिब १२ सयको संख्यामा कर्मचारी सरुवा भएका छन् । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो । 

केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरवा भएको छ ।

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ ।निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ ।

 

 

 

 

Related Tag :

Related Post