समाचार

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

काठमाडौं,साउन ८ । बहादुर सिंह लामाले  बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।लामाले सोमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएको थियो । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनौटको समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडौं हिँडेपछि दाबी पेश मंगलबारका लागि सारिएको थियो ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मंगलबार नै साँझ  पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ ९सभामुख बाहेक०, नेकपा ९एकीकृत समाजवादी० को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

Related Tag :

Related Post