समाचार

नगरकोट पर्यटन विकास समितिले गरायो प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

नगरकोट पर्यटन  विकास समितिले गरायो  प्रधानमन्त्री ओलीको  ध्यानाकर्षण

काठमाडौं,भदौ २१। नगरकोट भ्रमण बर्ष २०८२ को भव्य तयारीका बीच नगरकोट नाल्दुम पर्यटन  विकास समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको छ । नगरकोट भ्रमण बर्ष २०८२को तयारी भइरहँदा  नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङको टोली बिहीबार बालुवाटार नै पुगेर  ध्यानाकर्षण गराएको हो । 

 ११ बर्ष देखि भक्तपुर  नगरकोट सडक निर्माण हुन नसकेको र भएको सडक पनि बर्षेनी हुने वर्षाले  अत्यन्तै जिर्ण अवस्थमा पुगेको भन्दै  तत्काल निर्माण गराउन र निर्माण नगरे ठेक्का रद्द गराउने लगायत बिषयमा समितीले दबाब दिएको छ।   यस्तै  समितिले प्रधानमन्त्री समक्ष  नगरकोटलाई पर्यटन क्षेत्र घोषणा गर्न समेत सुझाव दिएको  छ ।  प्रधानमन्त्री ओलीले यस बिषयमा उचित निर्णय गरिने बताएका थिए। नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप प्रधानमन्त्री ओलीलाई समितिले लोगो अङ्कित  टिसर्ट पनि प्रदान गरेको थियो ।

 यस्तै समितिले बिहीबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल  लाई भेटेर    ज्ञापनपत्र बुझाएको थियो । चागुनारायण अस्पताल ,भक्तपुर कमलबिनायक नगरकोट सडक , वीर अस्पतालको बिस्तार ,नगरकोट भ्रमण बर्ष २०८२  लगायतका बिषयमा ज्ञापनपत्र बुझाएको  हो । मन्त्री दाहालले ज्ञापनपत्र बुझदै भक्तपुर नगरको सडकको निर्माणको ठेक्का लिएर अलपत्र छाडेको शैलुङ कन्स्ट्रक्सन कम्पनीले  गर्न बाँकी सडकको निर्माण नगरे भौतिक पूर्वाधार तथा यातायातले ठेक्का रद् नै गरी उक्त काम मन्त्रालयले नै  जिम्मा लिने बताएका थिए । 

भक्तपुर नगरकोट सडक २०७० सालमा ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन कम्पनीले अहिलेसम्म पनि  काम पुरा नगरेकोले अहिले उक्त सडकमा आवातजावत गर्न समेत कठिनाइ छ ।  ठेक्का लिएर समयमै काम नसकेका कारण सडक आवातजावतमा स्थानिय लगायत नगरकोट आउने पर्यटकलाई समेत आवातजावत गर्न कठिनाइ भएको नगरकोट नाल्दुम नगर विकास समितिका सचिव प्रदिप अधिकारीले बताएका छन् । सडकको अवस्था नाजुक भएकाले छिटै सडकको स्तरउन्नति हुने पर्ने उनको माग छ । 

Related Tag :

Related Post