समाचार

घरमा मृत भेटिएका निरोजको हत्या आरोपमा बादल कारागार चलान

घरमा मृत भेटिएका  निरोजको हत्या आरोपमा बादल कारागार चलान

 काठमाडौं,फागुन २८ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोर निरज लामा (निरोज)को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।२६ फागनुमा न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

६ फागुनमा बादलको घरमा उनका साथी १९ वर्षीय निरज मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार निरज ५ फागुनको गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ । ६ फागुनको दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ थियो । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनी मृत भेटिएका थिए ।

 

 

 

Related Tag :

Related Post