काठमाडौं,पुस ८ । भक्तपुरमा बाबुछोरा मृत भेटिएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत भेटिएका हुन् । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन मृत फेला परेको प्रहरीको भनाइ छ ।
आचार्यका जेठा छोरा भने सम्पर्कबिहीन छन् । उनीहरु तीन जना सँगै बस्दै आइरहेका थिए । उनीहरु भाडाको घरमा बस्दै आएका थिए ।
उनीहरुको शव छुट्टाछुटै कोठामा फेला परेको छ ।