समाचार

अशुं गौतम घरबाट हराउनु अघि बारम्बार घडी हेरेर एकोहोरिने गर्थिन्

अशुं गौतम घरबाट हराउनु अघि बारम्बार घडी हेरेर एकोहोरिने गर्थिन्

मोरङ,कात्तिक ९ ।  असोज २१ गते पिगं खेल्न जान्छु भनेर हराएकी लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु  गौतमको शव जंगलमा विभत्स अवस्थामा भेटएि पछि यो घटना थप शसंकित बन्दै गइरहेको छ । मोरंग जिल्ला लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र  टुक्रा टुक्रा अवस्थामा भेटिए पछि यो घटनाले थप चिन्ता बढाएको हो। शवको अवस्था हेर्दा बलात्कार पछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । यो घटनालाई प्रहरीले पनि सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ ।  घटनाको अवस्था बारे बुझदा परिवारका सदस्यका अनुसार केही दिन देखि अलग खालको व्यवहार देखाउने र एकोहोरो हुने गरेको भनाइ छ ।

हराउनु भन्दा केही दिन अघि बारम्बार घडी मात्रै हेरिरहने, सामान्य कुरामा पनि रिसाउने, बोलाउदा पनि नबोल्ने खालको व्यवहार देखाउने गरेको गौतमकी आमा भिमकुमारी गौतमले बताएकी छिन् । केही दिन अघि मात्रै पहिलो रजस्वला भएकी गौतमले विद्यालयमा पनि फरक तरिकाले बोल्ने र साथीहरु संग पनि बोल्न छोडेको बुझिएको छ । कसैले फकाएर प्रलोभन देखाएर जंगलमा लगेर हत्या गरेको हुन सक्ने उनको भनाइ छ । ।  

यस्तै मृतकका मामा पशुपती ढुंगानाका अनुसार अंशु इमान्दार र सिधा भएकाले कसैले फकाएर लगेको हुन सक्ने उनको भनाइ छ । दोषीलाई कार्बाही नभए सम्म शव  पनि नबुझने उनी बताउँछन् ।

यस्तै यो घटनाका सन्र्दभमा त्यसै वडाका वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले यो घटनाले सबैलाई त्रासको अवस्था सिर्जना भएको बताएका छन् । यो घटनाको दोषीलाई कडा भन्दा कडा सम्मको कार्बाही गर्ने र यो घटनाको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । 
 
प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा र बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियोे । भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको थियो । सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

 

 

 

 

Related Tag :

Related Post