समाचार

ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि आईसीपी रोड तनावग्रस्त

ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि आईसीपी रोड तनावग्रस्त

विराटनगर,असोज १८ । विराटनगरको रानीस्थित ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्युपछि आईसीपी रोड तनावग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले ढुङ्गामुढासहित प्रदर्शन गरेका हुन । 

बिहीबार बेलुका झण्डै ७ बजे ना। ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर(१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याएलगत्तै साहको मृत्यु भएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन केही थान अश्रुग्यास समेत प्रहार गरेको छ । अहिले यहाँ प्रहरीको बाक्लो उपस्थिति छ । ट्रकका चालक फरार भएपछि स्थानीय आन्दोलित छन् ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।

 

Related Tag :

Related Post