काठमाडौं,पुस ९ । नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत हस्मीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुुई पक्षीय सम्बन्ध सहित व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन लगायतबारे छलफल भएको छ ।
राजदूत हस्मीले पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताएका छन् ।