समाचार

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ

काठमाडौं,चैत ३ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।

कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको बुझिएको छ ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए ।

 


 

 

 

Related Tag :

Related Post