समाचार

५ मुख्य राजमार्ग अझै अवरुद्ध

५ मुख्य राजमार्ग अझै अवरुद्ध

काठमाडौं,असोज १७ । केही दिन आएको भिषण वर्षाका कारण अझै पनि जनजीवन सामान्य हुन सकेको छैन । हजारौ मानिसले आफन्त गुमाएका छन् भने अरबाैको क्षति भएको छ। यस्तै देशको पाँच वटा मुख्य राजमार्ग  सुचारु हुन नसक्दा  वर्षाका कारण  बाटोमा अलपत्र परेका हजारौ  यात्रु हिडेर गन्तव्य तिर जान बाध्य छन्  भने यता काठमाडौंमा दशैं मनाउन घर जान भनेर तयार रहेका हजारौं नेपाली काठमाडौंबाट बाहिरिन सकेका छैनन् । 

 देशको  मुख्य पाँच वटा राजमार्गहरु अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसक्दा हजारौ नेपालीको बिचल्ली भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जानकारी दिएको छ ।  कहिले देखि याताायात संचालनमा आउछ भने यकिन भनाइ सरकारले पनि दिन सकेको छैन ।  दशैको समयमा खुट्टा सम्म्म टेक्न ठाँउ पनि नरहने गाडी काउन्टरहरु पनि अहिले सुनसान नै छन् । टिकट काट्न समेत नपाइने अवस्थामा अहिले गाडी काउन्टर नै पुगेर टिकट काट्न मान्छे नभएको यातायात व्यवसायीहरु बताँउछन् ।

वर्षाका कारण अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले बताउदै आए पनि कहिले देखी संचालनमा आउँछ भन्ने यकिन छैन । 

यस्तै बीपी राजमार्गको चौकीडाँडा कालढुंगा खण्डको १८ किलोमिटरमा करिव १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण विच–बिचमा सवारी साधन रोकिएका छन् । दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाले पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रुपमा यातायात सञ्चालन गरिने मन्त्रालयको भनाइ छ । यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गको दोलालघाट राकथुम खण्डमा ८० किलोमिटर सडक मध्ये धेरै ठाउँमा पहिरो गएर सडक समेत वासआउट भएको, दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको बुभिएको छ ।

 सडक सफा गरी वर्दिवासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदैँ काठमाडौं प्रवेश गराइने मन्त्रालयले जनाएको छ ।यस्तै कान्ति राजपथको घपेली बगुवा खण्डमा १३ किलोमिटर र बागमतीसम्म मकवानपुर तथा ललिपतुर दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको जनाइएको छ । बाममती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन सुचारु गराइने मन्त्रालयको भनाइ छ । साथै मेची राजमार्गको रमिते फिदिम खण्डमा ८ किलोमिटर हेवा पुल सहित रमिते डाँडाको पहिलो हटाउने काम भइरहेको छद्ध । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

 

 

Related Tag :

Related Post