समाचार

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी संचालन

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए, सडक एकतर्फी संचालन

 काठमाडौं,माघ २१ । पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरीले बताएको छ । उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको बुझिएको छ ।  उनलाई सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ ।

 

 

 

Related Tag :

Related Post