काठमाडौं,मंसिर १३ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’ को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानून संशोधन भए पनि तीनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको बताएका हुन।
हाल निजी क्षेत्रका अन्त शुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यवहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्नेमा ढकालको भनाइ थियो ।उनले भनेका छन् , ‘सरकार र निजी क्षेत्रको सक्रियतामा लागनी सम्मेलन सम्पन्न भयो । कानूनहरू संशोधन भए । तर, तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ । त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानून अझै परिवर्तन गर्नुपर्नेछ ।’