समाचार

अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा नेपाली सेना समेत संलग्न गराएर सरकारले थाल्यो अध्ययन

अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा  नेपाली सेना समेत संलग्न गराएर सरकारले थाल्यो अध्ययन

काठमाडौं,असोज १७ ।  बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग दशैंअघि खुलाउने प्रयासमा सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ ।सैनिक उच्च स्रोतका अनुसार, बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको छ ।

 त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ। बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो । छलफलका क्रममा दाहालले भकुन्डेबेंसीदेखि अगाडिको १० देखि १२ किलोमिटर सडक मर्मतका लागि प्राविधिक पठाउन कठिनाइ भएको बताएका थिए ।

 

Related Tag :

Related Post