समाचार

ओखलढुंगामा जीप दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु

ओखलढुंगामा जीप दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु

काठमाडौं,माघ १७ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर)मनिष लुइँटेलले बताएका छन् । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।

छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको हो ।

 

 

 

Related Tag :

Related Post