काठमाडौं,फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले वर्तमान सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ। म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ,’ । त्यस्तै, सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको बताइन् ।
‘सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरवार बनायो,’ सांसद गौतमले भनिन्, ‘उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए, र लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे, उनैलाई झूटो मुद्दा लगाएर दमन गरिरह्यो ।’
सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने कार्य सरकारबाट भएको भन्दै यी सबै नियन्त्रणमुखी शासनका लक्षण भएको उनको भनाइ थियो ।
‘