काठमाडौं,साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई सांसदबाट विश्वासको मत पाएका हुन । आजको प्रतिनिधि सभामा ११ जना सांसद भने बैठकमा अनुपस्थित भएका छन् । विभिन्न दलबाट गरेर ११ जना सांसद अनुपस्थित भएका हुन् ।
जसमा सबैभन्दा बढी सबैभन्दा बढी नेपाली कांग्रेसका ४ जना सांसद अनुपस्थित भएका छन् भने दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ३ जना सांसद अनुपस्थित भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सोबिता गौतम पनि अनुपस्थित भएका छन् ।