समाचार

निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै अनुगमन सुरू

निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै अनुगमन सुरू

 काठमाडौं,मंसिर १२। निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरू गरेको छ ।उपनिर्वाचन हुन लागेका कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ । टोलीमा आयोगका उपसचिव डा। थानेश्वर भुषाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपाने रहेका छन् । टोलीले पहिलो चरणको कारवाही अघि बढाइसकेको छ ।

काठमाडौं वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थापा रहेका छन् ।

 

Related Tag :

Related Post