समाचार

आमालाई लिएर मन्दिर गएका अंकृतले दुर्घटनामा ज्यान गुमाए

आमालाई लिएर मन्दिर गएका अंकृतले दुर्घटनामा ज्यान गुमाए

रुपन्देही साउन २८ । बुटवलको बेलबासमा चलाएको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । साउनको अन्तिम सोमबारको दिन आमालाई बोलबम मन्दिर लगेर गएका बुटवल १३ बेलबासका अंकृत पाठकको मृतयु भएको हो । उनले  गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । 

सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । उनीसँगै रहेकी आमाको अवस्था पनि गम्भीर रहेको छ । अहिले आमाको आइसियुमा उपचार भइरहेको छ । दुर्घटनामा उनीहरूलाई ठक्कर दिने मोटरसाइकलका चालक पनि गम्भीर घाइते छन् ।

सोमबार बिहान भएको सो घटनामा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिएका छन् ।

मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Related Tag :

Related Post