समाचार

हदैसम्म लचकता अपनाउँदा पनि सहमति जुट्न नसक्दा छलफलले सफलता पाउन सकेको छैन :रमेश लेखक

हदैसम्म लचकता अपनाउँदा पनि सहमति जुट्न नसक्दा छलफलले सफलता पाउन सकेको छैन :रमेश लेखक

काठमाडौं,पुस ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेको छलफल हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले समाधान ननिस्किएको बताएका हुन् ।

उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन ।’पार्टी महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनतर्फ लागेपछि संस्थापनपक्षका नेताहरू पार्टी विभाजनतिर जान लागेको भन्दै संवादमा जुटेका थिए ।

संस्थापन समूह, विशेष महाधिवेशन समूह र शेखर कोइराला समूहका प्रतिनिधि नेताहरू बसेर पटकपटक छलफल गरेका थिए । तर उक्त छलफलमा विशेष पक्षले राखेको सभापतिको बहिर्गमनलगायत विषयमा सहमति जुट्न नसक्दा कांग्रेस फुटनजिक पुगेको छ ।

संवादमा संस्थापन समूहबाट लेखक र बालकृष्ण खाण सहभागी थिए । विशेष महाधिवेशन समूहबाट नेताहरू प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए । त्यस्तै शेखर कोइराला समूहबाट नेता मीनेन्द्र रिजाल र जीवन परियार सहभागी थिए ।

Related Tag :

Related Post