समाचार

नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा

नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा

काठमाडौं,वैशाख २२। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन ।

उनले भनेका छन्, ‘परिणामविहीन विगतकै नीतिको निरन्तरतारले देशलाई परिवर्तन गर्न सक्दैन । ७० वर्षदेखि एक अंकको आर्थिक वृद्धिमा घिस्रिँदै आएको अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्‍याउन निकै ठूलो सुधारको आवश्यकता देखिन्छ । टालेटुले कुराले अब देश चल्दैन, पार्टीहरू चल्दैनन् । चौतर्फी सुधार आजको आवश्यकता छ,’  ‘त्यसैले नीति कार्यक्रममा एउटा नेताको सोचले मात्र सबैलाई समेट्न सक्ने अवस्था रहेन । सबै पक्षसँगको छलफल र बहसबाट राष्ट्रिय सहमति कायम गरौं र नीति तथा कार्यक्रम बनाऔं ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम झन् पछाडि धकेल्ने गरी आएको बताएका शर्माले आर्थिक विकासमा सत्ता र प्रतिपक्ष नभनीं राष्ट्रिय सहमतिको आधारमा नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने धारणा राखे ।

 

 

Related Tag :

Related Post