समाचार

अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ:अर्थमन्त्री विष्णु पौडेल

अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित  छ:अर्थमन्त्री विष्णु पौडेल

 काठमाडौं,पुस २४ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको बताएका हुन। पौडेलले अर्थतन्त्रमा देखापरेका मुद्दा ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने उनको भनाइ छ ।

 

 

Related Tag :

Related Post