समाचार

रुपन्देहीमा एक युवाको हत्या

रुपन्देहीमा एक युवाको  हत्या

काठमाडौं,फागुन १७ । रुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या  भएको प्रारम्भिक  अनुसन्धानबाट खुलेको बताएका छन् । मृतक घरमा एक्लै बस्दै आएक थिए ।

स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

 

 

Related Tag :

Related Post