काठमाडौं,कात्तिक २९ । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा बयान ढिलासम्म चलेर सकिए पनि भोलिमात्रै पोखरा पठाइने भएको छ । उनलाई शुक्रबार बिहान जहाजमार्फत पोखरा लगिने बुझिएको हो । लामिछानेलाई ७० वटा प्रश्न सोधेर बयान लिइएको बताइएको छ ।
बयान सकेर बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि कागजी प्रकृया मिलाउन ढिलाइ भएको जनाइएको छ । रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याइएको थियो ।
बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो । तीन दिनको बयानमा पहिलो दिन मौखिक र दोस्रो तथा तेस्रो दिन मौखिक ७० प्रश्न सोधिएको थियो ।
सबै प्रश्नमा उनले आफूलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै अस्वीकार गरेर अनुसन्धानमा संलग्न अधिकृतले जनाएका छन् । उनी रुपन्देही प्रहरी हिरासतमा तीन दिन बस्ने भएका छन् ।