काठमाडौं, मंसिर ९ । राहदानी विभागको सेवा ठप्प भएपछि छिटो सेवा सुरु गर्न माग गर्दै सेवाग्राही आक्रोशित भएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् ।हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् ।
विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ। विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।