समाचार

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न  संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौं,असोज १५ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वर्षाका कारण अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।

बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई डाकेको  थियो । छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ ।

साथै राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

 

 

Related Tag :

Related Post