समाचार

जहाज भित्र सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको खुल्यो

जहाज भित्र सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको खुल्यो

काठमाडौं,साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९ एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।विमानमा चालक दलका सदस्य सहित १९ जना रहेका  छन् ।जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको  छन् । 
 

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । अहिले उद्दारको काम चलिरहेको छ । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । 

आगो निभाउने प्रयास भइरहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् । अहिले सम्म यात्रुको अवस्थाको बिषयमा भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

 

Related Tag :

Related Post