समाचार

प्रधानमन्त्री ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री  ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं,भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन् । अमेरिका जान अघि प्रधानमन्त्री  ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका हुन ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका हन ।

असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

 

 


 

Related Tag :

Related Post